तपाईँ सुन्दै हुनुहुन्छः

१० दिनसम्म पनि आएन पीसीआर रिर्पोट

बझाङ । जिल्लाको बुंगल नगरपालिकामा रहेका विभिन्न क्वारेनटाइनबाट आरडीटी पोजेटिभ देखिएका एक सय १२ जनाको पीसीआर रिर्पोट १० दिन सम्म पनि आएको छैन ।

दुई तिन दिनमै आउनु पर्ने पीसीआर रिर्पोट धनगढी प्रादेशिक प्रयोगशालाबाट आउन ढिला भएपछि क्वारेनटाइनमा रहेका मान्छेहरू घरजानको लागि आतुर भएका बुंगल नगरपालिका मेयर धनबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, पीसीआर चेकको रिर्पोट छिटो पठाउन सेती प्रादेशिक प्रयोगशालामा ताकेता गर्दा पनि आजसम्म पठाएको छैन ।

उहाँले आरडीटी पोजेटिभ देखिएका व्यक्तिहरूको स्वास्थ्यमा कुनै समस्या नभएको र गाउँघर तिर रोपाइको काम पनि सुरु भएका कारण भागेर घर जाने सम्भावना भएको बताउनुभयो ।

जिल्लामा अहिलेसम्म १३ जना सङ्क्रमित छन् भने दुई हजार नौ सय जना क्वारेनटाइनमा रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button