तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा थप १० जना कोरोना सङ्क्रमित डिस्चार्ज

नेपालगन्ज । बाँकेमा आज थप १० जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् ।

खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनबाट खजुरा गाउँपालिकाका नौ  र नेपालगन्ज उपमहानगरपालिका एक जना निको भई डिस्चार्ज भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

योसँगै बाँकेमा कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या दुई सय ६० पुगेको छ । बाँकेमा हालसम्म तीन सय ४१ जनामा सङ्क्रमण हुँदा दुई जनाको भने मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button