तपाईँ सुन्दै हुनुहुन्छः

व्यक्तिगत लगानीमा महिनौंदेखि अन्नदान

लहान । कोरोना महामारी (कोभिड –१९) का कारण नेपालमा लकडाउन भएको करिब तीन महिनाभन्दा बढी भईसक्दा पनि एक जोडीले निरन्तर समाजसेवा गरिरहेका छन् ।

मजदुर, बिपन्नवर्ग समुदायलाई चुल्हो बाल्न समस्या परेको बेला सिरहा जिल्ला लहानका एक समाजसेवी जेडीले महिनौदेखि अन्नदान गरिरहेका हुन् ।

लकडाउन सुरु भएको एक हप्तादेखि सुरु गरिएको अभियानलाई उहाँहरुले अझैपनि निरन्तरता दिइरहनुभएको हो ।

अहिलेसम्म उनिहरुले बिपन्न वर्गका मजदुरहरुका लागि करिब २ सय ५० क्विन्टल चामल , पन्ध्र सय लिटर खाने तेल , नुन , च्युरा, लगायतका राहत सामाग्री बितरण गरिसकेको समाजसेवी महेश चौधरीले बताउनुभयो ।

आफनो नीजि लगानीमा र लहानका केही साथिभाइको बिशेष सहयोगबाट लहान नगरपालिकाका वडा नम्बर– १ देखि –२४ सम्मका बिपन्न परिबारको घरमा अनदान सहयोग गरिरहेकोे सामाजसेवी चौधरीकी श्रीमती संगिता कर्माचार्यले बताउनुभयो ।

यो जोडिले हालसम्म करिब २५ सय बिपन्न परिवारलाई राहत वितरण गरिसकेका छन् ।

चौधरीद्धयको तीन छोरा छोरीमध्ये एक छोरा र एक छोरी अमेरीकामा छ भने एक छोरो अष्ट्रेलीयामा छन् । राहत बितरण कार्यमा छोरा छोरीहरुले पनि सहयोग गरिरहेको उनिहरुले बताए । ‘मानवसेवा गर्नु ठूलो धर्म हो,भन्ने मुख्य अभिप्रायका साथ राहत बितरण गरिहरेको उनीहरु बताउँछन् ।

महामारीको समयमा गर भित्रका बिपन्न समुदायलाई खाध्यान्न अभाव भए आफूहरुलाई संझन आग्रह गरिएको उनीहरुले बताए ।

महेश र संगिताले गरिरहेको कार्यको जिल्ला लगायत प्रदेश नम्बर –२ का बासिन्दाले खुल्ला मनले प्रसंसा गरिरहेको मानवअधिकारकर्मी राजकुमार राउतले बताउनुभयो ।

यसैबिच जोडीद्धयले मजदुरहरुको बच्चालाई कुपोषण हुन नदिनका लागि नगर क्षेत्रका गर्भवती महिलाका लागि पौष्टिक आहार अन्तर्गत फलफुल बितरण कार्यलाई समेत सुरु गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button