तपाईँ सुन्दै हुनुहुन्छः

राप्ती नदीको बाढीमा फसेका ११ जनाको उद्धार

नेपालगन्ज  । बाँकेमा बाढीमा फसेका ११ जनाको गए राति उद्धार गरिएको छ ।

राप्ती नदीमा बाढी आएपछि राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ गौशाला र ललहीमा फसेका ११ जना स्थानीयलाई सशस्त्र प्रहरीले उद्धार गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताउनुभयो ।

हिजो  राप्ती नदीमा पानीको सतहले खतराको तह पार गरेको थियो । अहिले भने पानीको सतह घट्दो क्रममा रहेको कुरुम्बाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button