तपाईँ सुन्दै हुनुहुन्छः

खोलाले बगाउदा महिलाको मृत्यु

दोलखा । दोलखाको विगु गाँउपालिका वडा नम्बर १ लामाबगरमा खोलाले बगाउदा एक महिलाको मृत्यु भएको छ ।

स्थानीय ४५ बर्षिय सोमती श्रेष्ठको घरभन्दा ६ किलोमीटर टाढा घट्टेखोला तर्ने क्रममा बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराले बताउनुभयो ।

शुक्रवार विहान सामसाङ खर्कमा च्याउ खोज्न जाने क्रममा घट्टेखोला तर्न खोज्दा बगाएर बेपत्ता भएकी सोमती मृत भेटिएको प्रहरी निरीक्षक बोहोराले बताउनुभयो ।

खोलाले बगाएर बेपत्ता भएको खबर पाएपछि नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले खोजी गर्दा बगाएको ठाँउभन्दा करिब ७० मीटर तल सोमतीको शव भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button