तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाका सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि डडेलधुराका तिन वटा स्थानीय तह सिल

डडेलधुरा । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि डडेलधुराका तीन वटा स्थानीय तहहरूले लकडाउनलाई प्रभावकारी बनाउन सिल गरेका छन् ।

डडेलधुरा सदरमुकामको अमरगढी नगरपालिका, परशुराम नगरपालिका र गन्यापधुरा गाउँपालिकाको कार्यपालिका बैठकले कोरोना सङ्क्रमण फैलिन नदिनका लागि सो निर्णय गरेका हुन् ।

डडेलधुरामा हालसम्म एक सय ७१ जना कोरोना सङ्क्रमित भेटिएसँगै तीन वटै स्थानीय तहहरूले स्थानीय बजार, आवतजावत, एक टोलबाट अर्को टोल समेत आवत जावत बन्द गर्ने गरी सिल गरिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिनुभयो ।

दिन प्रतिदिन कोरानाका सङ्क्रमितहरु बढ्न थालेपछि लकडाउनलाई प्रभावकारी बनाउन र कोरोना सङ्क्रमित फैलिनबाट जोगाउन सिल गरिएको प्रजिअ पन्तको भनाई थियो ।

जिल्लाका सात वटा स्थानीय तहहरू सबैले लकडाउनको पूर्ण पालना गर्न सिल गर्नुपर्ने अवस्था आउन सक्ने तर्फ समेत प्रजिअ पन्तले सङ्केत गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button