तपाईँ सुन्दै हुनुहुन्छः

ट्रयाक्टरको ठक्करबाट तुलसीपुरमा एक जनाको मृत्यु

तुलसीपुर । ट्रयाक्टरले मोटरसाईकलाई ठक्कर दिँदा तुलसीपुरमा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नवलपरासीको रामग्राम नगरपालिका–१४ निवासी २७ वर्षका जितेन्द्र चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

तुलसीपुरबाट दंगीशरण गाउँपालिका– रामपुरतर्फ गइरहेको लु५८प १८४३ नम्बरको मोटरसाईकलाई विपरीत दिशाबाट आइरहेको रा१त ७५७ नम्बरको ट्रयाक्टरले तुलसीपुर उपमहानगरपालिका–२ कुमाल गैरीमा ठक्कर दिँदा गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डिल्ली केसीले जानकारी दिनुभयो ।

मृतक चौधरी दंगीशरण गाउँपालिका–१ रामपुरस्थित ससुरालीमा जाँदै थिए । ठक्कर दिने ट्रयाक्टरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button