तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोकको चौतारामा गार्मेन्ट उद्योग सञ्चालनमा

मेलम्ची । सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिकाले गार्मेन्ट उद्योग सञ्चालनमा ल्याएको छ ।
नगरपालिकाले वडा नम्बर ५ स्थित चौतारा बजारमा गार्मेन्ट उद्योग सञ्चालनमा ल्याएको हो ।

नगरपालिकाको लक्षित वर्ग शीर्षकको १५ लाख रुपैया बजेटमा उद्योग सञ्चालन गरिएको हो ।

अहिले १० जनाले काम गर्न सक्ने गरी मेसिन राखिएको छ । उद्योगको क्षमता भने १५ देखि २० जनासम्मले काम गर्न सक्नेछ । बजारको माग अनुसार कपडाहरु उत्पादन गर्ने लक्ष्यसहित उद्योग सञ्चालनमा ल्याइएको वडाध्यक्ष नरमान श्रेष्ठले जानकारी दिनुभयो । उद्योगमा मेसिन विद्यूतीय जडान गरिएको छ । उद्योगबाट नमुना कपडा उत्पादनको काम सुरु भइसकेको छ ।

उद्योगको आज एक कार्यक्रमका बीच नगरप्रमुख अमान सिं तामाङले उद्घाटन समेत गर्नुभएको छ ।

दलित समन्वय समिति र स्वाबलम्बन बचत तथा ऋण सहकारी संस्थाले उद्योग सञ्चालनको रेखदेख गर्नेछन् । आफ्नै गाउँ ठाउँमा उद्योग सञ्चालनमा आएपछि स्थानीय दलित समुदायका युवाहरुमा पनि खुशी भएका छन् । गाउँमै रोजगार सिर्जना भएको भन्दै उनीहरु खुशी भएका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button