तपाईँ सुन्दै हुनुहुन्छः

सुनको मुल्य प्रतितोला ९० हजार ६ सय

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य तोलाको ९० हजार ६ सय रुपैयाँ पुगेको छ । आइतबार बजार खुल्दा तोलाको ८ सय रुपैयाँले बढ्दै सुन तोलाको साँढे ९० हजार नाघेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले लक डाउपछि गत आइतबार देखी बजारमा सुनको नयाँ मुल्य ८९ हजार ६ सय रुपैयाँ तोकेको थियो । एक सातामै सुनको मुल्य तोलामा एक हजार रुपैयाँले बृद्धि भएको छ ।

चाँदीको मुल्य पनि ५ रुपैयाँको दरले बढेको छ । आइतबार चाँदीको तोलाको ९ सय ४० रुपैयाँ प्रतितोलामा कारोबार भयो ।

अन्तराष्ट्रिय बजारमा डलरको भाउ बढ्न थालेपछि अन्तराष्ट्रिय बजारसँगै नेपालमा पनि सुनको मुल्य लगातार उकालो लागिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button