तपाईँ सुन्दै हुनुहुन्छः

बालिका बिक्री गर्ने दुई जना पक्राउ

रासस । एक बालिकालाई लोभ देखाएर भारतमा बिक्री गरेको आरोपमा ललितपुरमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मानव बेचबिखन अनुसन्धान ब्युरोले ललितपुर महानगरपालिका–५ लगनखेलबाट १३ वर्षीया बालिकालाई उद्धार गरी विक्री गर्ने सिन्धुपाल्चोक बाह्रबिसे घोडाथली घर भई हाल सुनसरी बस्ने कृष्ण मगर र सिन्धुपाल्चोक घर भई हाल पोखरा लेकसाइड बस्ने प्रविन तामाङलाई पक्राउ गरिएको ब्युरोद्वारा आज जारी विज्ञप्तिमा जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button