तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा खोलाले बगाउँदा महिलाको मृत्यु

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । खोलाले बगाउँदा रम्भा गाउँपालिका एक खोलाखेतकी ७१ वर्षीय मनकुमारी सारूको मृत्यु भएको छ ।

बाँझखोला तर्नेक्रममा आएको बाढीले उनलाई बगाएको र मृतको शव करिब ३ किमी तल कालिगण्डकी नदी तटमा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरिक्षक मदन गिरिले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button