तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा गोरु काटेर खाएको आरोपमा ३ जना पक्राउ

पाल्पा । पाल्पाको रामपुर १० वरभञ्ज्याङ्गबाट गोरु काटेर खाएको आरोपमा ३ जना पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामपुर १० वरभञ्ज्याङ्गका २५ वर्षिय प्रेम सुनार, १९ वर्षिय दामोदर सुनार र १९ वर्षिय नारायण सुनार रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरिक्षक मदन गिरिले जानकारी दिनुभयो ।

गोरुको केही भाग मासु निकालेर बाँकी खाल्डोमा पुरेको अवस्थामा भेटिएको छ । घटनाका सम्ंबन्धमा थप अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button