तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस जिल्ला सभापतिद्वारा स्वास्थ्य सामग्री सहयोग

मुगु । मुगु जिल्ला स्थित सरकारी कार्यालय, सुरक्षा निकाय, पत्रकार र वित्तिय सस्थाहरुलाई स्वास्थ्य सामग्रीहरु वितरण गरिएको छ ।

नेपाली काँग्रेस जिल्ला कार्य समिती मुगुका सभापती खड्क बहादुर शाहीले मुगु जिल्लामा रहेका सरकारी कार्यालय, सुरक्षा निकाय, वित्तिय संस्था र पत्रकारहरुलाई सोमबार स्वास्थ्य सामग्र्रीहरु हस्तानतरण गर्नु भएको हो ।

कोरोना भाईरस (कोभिड १९) कार्यालयमा सेवा दिने कर्मचारी र सेवा लिने सर्वसाधारणहरुमा नफैलियोस र सेवा प्रदायक कर्मचारीहरुले विषम परिस्थितिमा पनि ढुक्कसंग जनतामा सेवा प्रवाह गर्नु सक्नुहोस भनेर आफुले कार्यालयहरुलाई पिपिई सेट, थर्मगन, सेनिटाईजर, मास्क, रोग प्रतिरोधात्मक औषधी सहयोग गरेको शाहीले बताउनु भयो ।

सभापति शाहीले लकडाउनका बेला काठमाडौ लगायत देशका प्रमुख शहरहरुमा अलपत्रप परेका १७७६ सर्वसाधारण हरुलाई राहत सामगी्र वितरण गर्नु भएको थियो भने भारतबाट नेपाल आउदा नाकामा अलपत्र परेका मुगालीहरुलाई जिल्लामा ल्याउन पहल गर्नु भएको थियो ।

जिल्लामा क्रियाशील राजनैतिक दलहरु गुमनाममा रहेका बेला जिल्लामा पुगेर स्थानिय सरकारी, सरकारी तथा बैक वित्तिय संस्थालाई स्वास्थ्य सामगी्रहरु सहयोग गर्दा स्थानीय तथा कर्मचारीहरु खुशी भएका छन ।

जिल्ला स्वास्थ्य सेवा कार्यालयका डाक्टर डबल बहादुर मल्लले सरकारी संयन्त्रबाट प्राप्त स्वास्थ्य सामगी्रले मात्र कोरोना रोकथाम, नियन्त्रण, उपचार र राहतमा प्रर्याप्त नहुने भएकाले यो कार्यमा नेपाली काँग्रेसले गरेको सहयोग थप बल प्रदान हुने बताउनु भयो ।

सभापती शाहीले माडवाडी समाजबाट प्राप्त रोग प्रतिरोधात्मक क्षमता बढाउने निशुल्क प्रदान गरिएको औषधी समेत वितरण गर्नु भएको थियो । मुगु जिल्लामा समाजले १४ हजार जनालाई पुग्ने उक्त औषधी उपलब्ध गराएको छ ।

औषधी लगायत अन्य सामग्री मुगु जिल्लामा रहेका ४ स्थानीय तहहरु मध्य सोरु गाँउपालिकालाई हस्तान्तरण गरिसकेको र बाँकी स्थानीय तहहरु छायाँनाथ रारा नगरपालिका, खत्याड र मुगुम कार्मारोङ्ग गाँउपालिकालाई निकट दिन मै उपलब्ध गराउने र स्थानीय तहहरु मार्फत ती सामग्री स्थानीय जनताले पाउने पनि सभापति शाहीले जानकारी गराउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button