तपाईँ सुन्दै हुनुहुन्छः

क्वारेन्टाइनबाट फर्किएका युवकको मृत्यु

मेलम्ची । बलेफी गाउपालिका ४ का एक युवकको मृत्युु भएको छ । १४ दिन क्वारेन्टाइन बसेर फर्किएका उनको सोमबार मृत्यु भएको हो ।

क्वारेन्टाइनबाट पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाएको केही दिनपछि उनको मृत्यु भएको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिनुभयो ।

भारतबाट फर्किएका उनको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि केही दिनअघि घर पठाइएका थियो । उनको मृत्यु हुनुको कारण खुलिसकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button