तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले तीन वटा सवारी साधन बगायो

पाल्पा । पाल्पाको तानसेन तम्घास सडक खण्ड अन्तर्गत तानसेन नगरपालिका—११ स्थित सम्मोबारी भन्ने स्थानमा अहिले साँझ करिब ५ बजेतिर पहिरो खस्दा तीन वटा सवारी साधन बगाएको छ ।

पहिरोले एउटा ट्याङ्कर, ट्रक र बलेरो जीप बगाएको हो । अहिलेसम्म दुई जनाको शव भेटिएको छ १ जनाको उद्धार गरिएको छ ।

प्रत्यक्षदर्शीका अनुसार एउटा मोटरसाइकल समेत बगाएको छ । क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको छ ।

नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले उद्धार कार्य जारी राखेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button