तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा ग्यास बुलेटको ठक्करबाट पैदल यात्रीको मृत्यु

मकवानपुर । मकवानपुरमा सोमबार साँझ ग्यास बुलेटले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । मकवानपुरको मनहरी गाउँपालिकामा ग्यास बुलेटको ठक्कबाट पैदलयात्रीको घटना स्थलमै मृत्यु भएको हो ।

पुर्वपश्चिम राजमार्ग स्थित मनहरी गाउँपालिका–६ सुनाचुरीमा ग्यास बुलेटको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौडावाट चितवनतर्फ जाँदै गरेको एनएल १ एल २४७० नम्बरको भारतीय ग्यास बुलेटको ठक्करबाट पैदलयात्री स्थानीय ७३ बर्षीय बृद्ध जस वहादुर घिसिङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करदिने बुलेट र बुलेट चालक भारत मोतिहारी जगदाका ५६ बर्षीय विजय मिश्र प्रहरीको नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button