तपाईँ सुन्दै हुनुहुन्छः

तातोपानी नाकाबाट आयात निरन्तर

मेलम्ची । तातोपानी नाका हुँदै नेपाल भित्रिने सामानको आयात निरन्तर हुन थालको छ । बाटो बनाउने क्रममा केहि समय सामान बोकेका कन्टेरहरु रोकिएपनि अहिले सो नाकामा कुनै अवरोध नभएको भन्सार प्रमुख लाल बहादुर खत्रीले बताउनुभयो । तातोपानी नाकाबाट सामानहरु सुचारु रुपमा आयात भएको उहाँको भनाइ छ ।

बर्षा लागेसँगै ठाउँ ठाउँमा पहिरो जाने सम्भावनालाई मध्यनजर गर्दै बाटो पन्छाउने उपकरण तयारी अवस्थामा राखिएको छ । बञ्जी छेउ भालेभीरमा बाटो अप्ठेरो भएतापनि अहिले सहज रुपमा कन्टेनरहरु गइरहेको बताउँदै प्रमुख खत्रीले माथिबाट यो बाटो सधै सुचारु गर्न निर्देशन भएको बताउनुभयो ।

बाह्रबिसे माथि लिपिङसम्म पहाडी भिर भएकाले वर्षाको समयमा पहिरो आउने सम्भावना सधै हुने गर्दछ । कोरोना भाइरसको त्रासका कारण गत माघ १६ गतेबाट बन्द भएको तातोपानी नाका गत चैत २६ गते देखि पुन सञ्चालनमा आएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button