तपाईँ सुन्दै हुनुहुन्छः

डडेल्धुरामा पिसिआर मेसिन जडान सुरु


डडेल्धुरा । डडेल्धुरा सदरमुकाममा रहेको डडेल्धुरा अस्पतालमा कोरोना भाइरसको जाँच गर्ने पिसिआर मेसिन तिब्र गतिमा जडान सुरु भईरहेको छ ।

उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टको समन्वय, सहकार्य र ह्युम्यानिटी फाउन्डेसन नेपालको अगुवाईमा खरिद गरि डडेल्धुरा ल्याईएको मेसिन एक औपचारिक कार्यक्रमका बिच डडेल्धुरा अस्पताल बिकास समितिलाई हस्तान्त्ररण संगैं जडान कार्य सुरु भईरहेको हो ।

अस्पतालको ल्याब नजिकैको कोठा व्यवस्थापन गरि प्राविधिकहरूले मेसिन जडान गरिरहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.जगदीशचन्द्र विष्टले जानकारी दिनुभयो । बायोमेडिकल इन्जिनियरले मेसिन जडानको काम गरिरहेको र एक हप्ताभित्रै कोरना ल्याब परिक्षण सुरु गरिने डडेल्धुरा अस्पतालका ल्याब इन्चार्ज इश्वरी भुसालले बताउनुभयो । उक्त मेसिनमा एक पटकमा ९६ थ्रोट स्वाबको नमुन परीक्षण गर्न सकिने भुसालले जानकारी दिनुभयो ।

‘एकचोटिमा ९६ नमुना रन गर्न सक्छौं र २४ घण्टा नै चलाउने हो भने दुई सयभन्दा बढी नमुनाको परीक्षण गर्न सकिन्छ निमित्त मेसु बिष्टको भनाई छ ।

पिसिआर मेसिन संचालनको लागि आवश्यक पर्ने जनशक्तिको व्यवस्था भइसकेको र छिट्टै डडेल्धुराबाट सेवा सुचारु हुने अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले जानकारी दिनुभयो । यहाँ संकलन गरिएका थ्रोट स्वाबको नमुना परीक्षणका लागि धनगढी र काठमाडौं पठाउनुपर्ने बाध्यताको अन्त्य हुनेछ र हरेक नागरिकले छिटो सेवा सुविधा प्राप्त गर्ने आशा गरेका छौं अध्यक्ष ओझाको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button