२०७८ साल जेठ ३ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

बारबर्दियाको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट सार्बजनिक

कृषि र पशु बिकास कार्यक्रमलाई प्राथमिकता, नागरिकता सिफारिश निशुल्क गरिने

टीकाराम चौधरी २०७७ असार ९ गते १४:३१

 
बर्दिया । बारबर्दिया नगरपालिकाले आर्थिक बर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम र बजेट नगरसभामा ७८ करोड ८२ लाख ५० हजारको बजेट प्रस्तुत सहित सातौ नगरसभा सम्पन्न गरेको छ । बारबर्दिया नगरपालिकाले जनतामैत्री नीति तथा कार्यक्रम र सोही अनुसारको बजेट ल्याएर नगरसभा सम्पन्न भएको सोमबार पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा बारबर्दिया नगरपालिकाका नगरप्रमुख दुर्गा बहादुर थारुले कृषिलाई प्रमुख प्राथमिकतामा राखेर बजेट ल्याएको बताउनुभएको छ । कृषकहरुलाई ब्यवसायी उन्मुख बनाउनका लागि यस बर्ष महत्वकाक्षी योजनाहरु ल्याएको बताउनुभएको छ ।

यसै बर्ष वडा नम्बर ५ मा रहेको कृषि सहकारी संस्थामा मसिना धानको बिउ प्रशोधन, भन्डारण तथा ब्रान्डिङ्ग गर्ने उद्योग सञ्चालन गर्ने, नगरकृषि नमुना र्फम सञ्चालन गर्ने, बारबर्दियाका बाँझो खेत कृषि उपयोगमा ल्याउने, कृषकहरुलाई उत्पादनमा आधारित अनुदानका कार्यक्रमहरु संचालन गर्ने, वडा नम्बर ३ मा तरकारी संकालन गर्ने चिस्यान केन्द्र स्थापना गरि कृषकहरुले उत्पादन गरेका तरकारी संकलन गरि बिभिन्न जिल्लाका बजारमा पठाउने ब्यवस्था तथा हाट बजारलाई सबै वडामा ब्यवस्थित गर्ने योजना रहेको बताउनुभएको छ ।

यसैगरी पशु बिकास कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको बताउनुभएको छ । दुध संकलन केन्द्रको स्तरउन्ती गर्ने, पशुपालक कृषकहरुलाई प्रोत्साहन गर्ने, पशु बिमा कार्यक्रमका लागि घुम्तीको कोष मार्फत तुरुन्तै राहत पाउने ब्यबस्था गरेको जानकारी गराउनुभएको छ ।

नगरपालिकाले आगमी आर्थिक बर्ष देखि नागरिकता लिने सिफारिसलाई पुर्ण निशुल्क गर्ने, अशक्त, द्धन्द्धपीडित परिवार, जेष्ठ नागरिक, अपांङ्गहरुलाई सम्बन्धित बिषयमा सिफारिस निशुल्क दिने, प्रत्येक बर्ष एक जना बिद्यार्थीलाई एमबिबिएस पढ्नका लागि छात्रबृति दिने, मुक्तकमैया, कमलहरी, द्धन्द्धपीडित, बिद्यार्थीलाई छात्रबृतिको ब्यबस्था गरेको बताउनुभएको छ ।

बारबर्दिया नगरपालिकाको कार्यालयलाई कोभिड १९ ले पारेको प्रभाबलाई न्युनिकरण गर्नका लागि पालिका मातहतका सबै कार्यालयहरुलाई बिहान ९ बजे देखि साँझ ६ बजे सम्म सञ्चालन गर्ने कुरा बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढाले जानकारी गराउनुभएको छ ।

सम्बन्धित

खैरहनीबाट १ लाख ७८ हजार नगदसहित ७ जुवाडे पक्राउ 

७ घन्टा अगाडि सूर्यप्रसाद अधिकारी