तपाईँ सुन्दै हुनुहुन्छः

रौतहटमा अत्याधुनिक सुबिधासम्पन्न आईसोलन संचालनमा

रौतहट । रौतहटको अत्याधुनिक सुबिधासम्पन्न चन्द्रपुर–२ को आईसोलन कक्ष आज देखि संचालनमा आएको छ ।

रौतहटको चन्द्रपुर, बृन्दाबन, गडिमाई, गुजरा नगरपालिकाका ३२ जना संक्रमित लाई सो आईसोलन कक्षमा राखिएको छ । चन्द्रपुर नगरपालिका–२ स्थित शहिद स्मृती पार्कमा ४० बेडको सुबिधासम्पन्न आईसोलेसन कक्षको निर्माण गरिएसंगै संक्रमित लाई सो आईसोलेसन कक्षमा राखिएको हो ।

चार खण्ड सहितको कक्षमा सात वटा एसी र छुटाछुटै शौचालयको प्रबन्ध समेत रहेको छ । रौतहटमा कोरोना भाईरसको संक्रमित संख्या बढदै जान थालेपछि चन्द्रपुर, बृन्दाबन, गुजरा र गडिमाई नगरपालिकाको संयुक्त लगानीमा सुबिधा सम्पन्न आईसोलेसन कक्षको निर्माण गरिएको हो ।

सो आईसोलेसन कक्ष निर्माण गर्न चार वटै नगरपालिकाले ७० लाख बजेट बिनियोजन गरेको थिए । चन्द्रपुर नगरपालिकाको २५ लाख, बृन्दाबन, गुजरा र गडिमाई नगरपालिकाको १५÷१५ लाखको लागतमा ४० बेडको आईसोलेसन निर्माण गरिएको हो ।

कोरोना भाईरसको संक्रमणको उच्च जोखिम न्युनिकरण गर्न बस्ति बाट अलग्गै एकान्त स्थानमा सुबिधा सम्पन्न आईसोलेसन कक्षको निर्माण गरिएको चन्द्रपुर नगरपालिकाले जनाएको छ । आईसोलेसन कक्षमा आबश्यक जनशक्ति र पुर्बाधारको ब्यवस्थापन रहेको छ । राजमार्ग संगै रहेको सो स्थानमा पुर्बाधार निर्माण संगै कोभिड अस्पताल बनाउन समेत उपयुक्त स्थान रहेको जनाइएको छ ।

रौतहटमा समेत १ हजार ५९ जनामा कोरोना भाईरसको संक्रमण देखि सकेकोे छ । यो संख्या अझै बढन सक्ने अनुमान गरिएको छ । पिसिआर परिक्षण बाट कोरोना पुष्टि भएका संक्रमित लाई डाक्टरको प्रत्यक्ष निगरानीमा सो आईसोलेन कक्षमा उपचार हुनेछ । क्वारेन्टिनलाई नै आइसोलेशन बनाएर ३१ महिला र ५८१ जना पुरुषलाई राखिएको छ ।

स्थानिय तहले आइसोलेशन बेड निर्माणमा चासो दिएपनि संञ्चालनमा ल्याउन नसक्नु दुखद रहेको नागरिक समाजका अगुवाहरुको भनाई छ । यस बिपद्को अबस्थामा कतिपय स्थानीय तहले अझै आइसोलेशन संञ्चालनमा नल्याउनु जनप्रतिनिधि र कर्मचारीको गैरजिम्मेवारी रहेको आरोप लगाएका छन ।

ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिब चेतनाथ बरालले कोरोना भाईरस नियन्त्रणको लागि पालिका सित मिलेर कार्य अघि बढेको बताउनु भयो । नेकपाका जिल्ला ईन्चार्ज युबराज भट्टराईले सबैको चिन्ता र चासो रहेको कोरोना भाईरस नियन्त्रण गर्न आवश्यक पुर्बाधारमा सबैको सहमति कायम रहेको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button