तपाईँ सुन्दै हुनुहुन्छः

मिलको फित्तामा हाँत बेरियर युवकको हाँत काँटियो

बारा । बाराको राईस मिलमा काम गर्ने एक युवकको हात मिलको फित्तामा बेरिँदा काटिएको छ । मिलमा काम गर्ने क्रममा फित्तामा बेरिएर फेटा गाउँपालिका वडा नम्बर १ अकवनीयाका करिब १७ वर्षीय पप्पु पासवानको दाहिने हातनै काटिएको हो ।

हात काटिएर घाइते भएका पासवानको अहिले वीरगञ्जको गण्डकमा रहेको बयोधा हस्पिटलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक ओमप्रकाश यादवले जानकारी दिनुभयो ।

मिलमा काम गर्ने क्रममा पासवानको दाहिने हात काटिएको हो । हाँत काटिएको शिव पार्वती राइस मिल प्रसौनी गाउँपालिका अध्यक्ष भोला प्रसाद गुप्ताको रहेको बुझिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button