तपाईँ सुन्दै हुनुहुन्छः

इन्द्रावतीले सार्वजनिक गर्यो पञ्चवर्षिय योजना

मेलम्ची । इन्द्रावतीलाई उत्पादनमुखी स्वरोजगार समृद्धिको आधार बनाउने लक्ष्यका साथ इन्द्रावती गाउँपालिकाले पञ्चवर्षिय योजना सार्वजनिक गरेको छ । विभिन्न विकासका क्षेत्रलाई सूचक गरि वि.स. २०८१ सम्मका लागि योजना सार्वजनिक गरिएको हो । आज गाउँपालिका अध्यक्ष वंशलाल तामाङले योजनाको सार्वजनिक गर्नुभएको हो ।

योजना अनुसार गुणस्तरयुक्त पूर्वाधारहरु, उत्पादकत्वमा सुधार, सुमधुर बजारीकरण र रोजगारीको बृद्धि भई गाउँपालिकावासीको जीवनस्तरमा सुधार हुने छ । गाउँपालिका अन्तर्गतका निकायबाट प्रवाह गरिने सेवाको गुणस्तर बढाउँदै स्थानीय उत्पादनमा बृद्धिका साथै अबको पाँच वर्षमा कम्तीमा २५ प्रतिशत आर्थिक उन्नति प्राप्त गर्ने योजनाको प्रमुख लक्ष्य रहेको गाउँपालिका अध्यक्ष तामाङले बताउनुभयो । भौतिक विकास, आर्थिक क्षेत्र, लैंगिक समानतालगायतको सूचक गरिएको छ ।

अबको पाँच वर्षमा गाउँपालिकावासीका लागि सुविधा पुग्ने गरि योजना निर्माण गरिएको अध्यक्ष तामाङको भनाई छ । योजना निर्माणका लागि विज्ञहरुको सल्लाह लिएर गाउँगाउँमा तथ्यांक सकंलन गरिएको थियो । घरधुरी सर्भेक्षण गरेर आवश्यकताको पहिचान गरि योजना निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशसकीय अधिकृत श्रीकृष्ण पौडेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button