तपाईँ सुन्दै हुनुहुन्छः

मोबाईल तथा इबैंकिङ्ग सेवाबाट ठगी गर्ने पक्राउ

वीरगञ्ज । मोवाईल बैकिङ्ग तथा इबैकिङ्ग सेवाबाट ३ लाख रुपैया ठगी गरेको आरोपमा पर्सा प्रहरीले वारा प्रसौनी गाउँपालिका वडा नम्बर १ निवासी २२ बर्षिय नादिर साहलाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ निवासी मिरा कुमारी केसीको राष्ट्रिय वाणिज्य बैंक आदर्शनगर शाखा कार्यालयमा रहेको खाता रहेको र निजले मोवाईल बैकिङ्ग तथा इबैकिङ्ग सेवा नलिएको अवस्थामा अपरिचित व्यक्तिले किर्ते सही गरी ९८२९२४३५६० नम्बरबाट मिराकुमारी केसीकै नामबाट मोवाईल बैकिङ्ग तथा इबैकिङ्ग सेवा लिएको र सो खाताबाट पटक पटक ३ लाख रुपैयाँ नगद अन्य बैकको खातामा ट्रान्सफर गरेका थिए ।

अनुसन्धान गर्दै जादा नादिर साहले किर्ते सही गरी आफनो मोबाईल नम्बर ९८२९२४३५६० को प्रयोग गरेर मोवाईल बैकिङ्ग तथा इबैकिङ्ग सेवा सुचारु गराई मिरा कुमारी के.सी.को खाताबाट नादिर साहको खाता रहेको अन्य बैंकहरुमा पटक पटक रकम ट्रान्सफर गरी ठगी गर्दै आएको प्रमाणित भएपछि निजलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले जानकारी दिनुभयो ।

अभियुक्तलाई ठगी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको पन्तले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button