२०७८ साल वैशाख २४ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा स्थायी कमिटी बैठक बुधबार

रेडियो नेपाल २०७७ असार ९ गते १९:४८

रासस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक भोली बिहान ११ बजे बस्ने भएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बैठकमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट राजनीतिक प्रतिवेदन प्रस्तुत हुनेछ ।

बैठकमा स्थायी कमिटीका ४५ सदस्यसहित आमन्त्रित सदस्यका रुपमा अनुशासन, लेखा र निर्वाचन आयोग, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिष्ट मञ्चका संयोजकको पनि उपस्थिति हुनेछ ।

यसअघि गत वैशाख ३१ गते पार्टी केन्द्रीय मुख्यालय धूम्रबाराहीमा बस्ने भनिएको बैठक स्थायी कमिटी सदस्यको कोरोना जाँचपछि मात्र बस्ने गरी स्थगन गरिएको थियो ।

सम्बन्धित

काँग्रेस संसदीय दलको बैठक वैशाख २५ मा

८ घन्टा अगाडि रेडियो नेपाल

एमाले बागमती प्रदेशको मुख्य सचेतकमा निरौला

१२ घन्टा अगाडि बिश्व अधिकारी