तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा स्थायी समिति बैठक सुरु

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी, नेकपा स्थायी समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

बैठकमा मुलुकको वर्तमान परिस्थितिका सम्बन्धमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले मन्तव्य राख्नुुभएपछि तय गरिएका बाँकी कार्यसूचीहरुमा छलफल हुने नेकपा प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।

स्थायी समिति बैठकका लागि तय गरिएका कार्यसूचीहरुमा सरकारका कामहरु अन्तर्गत कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचार, सीमा समस्या र समाधान तथा अन्य विषय, पार्टी एकताका बाँकी कामहरु, मिलेनियम च्यालेन्ज कर्पोरेशन, एमसिसी र बिबिध रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button