तपाईँ सुन्दै हुनुहुन्छः

डोटी जिल्लाका ३४ संक्रमित डिस्चार्ज

डोटी । डोटी जिल्लाका संक्रमण पुष्टी भएका १ सय ४० जना मध्ये ३४ जनालाई डिस्चार्ज भएका छन् ।
कोरोना संक्रमण पुष्टी भई जिल्लाका विभिन्न स्थानमा तयार पारिएको आईसोलेशन र जिल्ला अस्पतालमा बस्दै आएका मध्ये ४ महिला र ३० पुरुष गरि ३४ जनालाई डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले बताउनु भएको छ ।

दिपायल सिलगढी नगरपालिका २ पुरुष, शिखर नगरपालिकाका १ महिला र १७ पुरुष, पुविचौकी गाँउपालिकाका १ महिला सहित ५ पुरुषलाई डिस्चार्ज गरिएको छ । त्यस्तै बडीकेदार गाँउपालिका ३ पुरुष, जोरायल गाँउपालिकाका १ महिला १ पुरुष, सायल गाँउपालिकाका १ महिला २ पुरुषलाई डिस्चार्ज गरिएको हो ।

हालसम्म जिल्लाको बोगटान फुड्सिल गाँउपालिकामा कोरोना संक्रमित देखिएका छैनन् । जिल्लाभरमा स्थापना गरिएको आईसोलेसनमा १९ महिला र ८७ जना पुरुषको उपचार भई रहेको स्वास्थ्य प्रमुख मलासीले जानकारी दिनु भएको छ । जिल्लामा कोरोना संक्रमण पुष्टी भएका सबै विरामीहरुको अवस्था सामान्य रहेका र मंगलबारसम्म थप उपचारका लागि कसैलाई पनि जिल्ला बाहिर रिफर नगरिएको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button