तपाईँ सुन्दै हुनुहुन्छः

पाटन—पञ्चेश्वर सडकमा कालोपत्रे गर्ने कार्य रोकियो

बैतडी । बैतडीको तल्लोसोराड जोड्ने मुख्य सडकको रूपमा रहेको पाटन—पञ्चेश्वर सडकमा कालोपत्रे गर्ने कार्य रोकिएको छ ।

कालोपत्रे गर्ने समयमा लकडाउन भएका कारण स्याडीगाडदेखि लामा लेकसम्मको कालोपत्रे गर्ने कार्य रोकिएको निर्माण कम्पनीले जनाएको छ ।

पाटन—पञ्चेश्वर सडक कालोपत्रे गरिरहेको सीएबी जेभी ग्वाल्लेकका प्रबन्ध निर्देशक सुरेश चन्दले कालोपत्रे गर्ने समयमा लकडाउन भएका कारण कालोपत्रेको काम अघि बढ्न नसकेको बताउनुभयो ।

चैतदेखि जेठ महिनासम्म कालोपत्रेका लागि उपयुक्त समय भए पनि त्यो समयमा लकडाउनका कारण काम गर्न नपाएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button