तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा ४० प्रतिशत रोपाइँ सम्पन्न

बैतडी । बैतडीमा ४० प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ । nजेठ अन्तिम साताबाट सुरु भएको रोपाइँ हालसम्म ४० प्रतिशत सम्पन्न भएको हो ।

कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दका अनुसार तीन हजार छ सय हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ ।

जिल्लाको पाटन, पुर्चौडी, सुर्नया, गोकुलेश्वर, सलेनालगायतका क्षेत्रमा रोपाइँ सम्पन्न भएको उहाँले बताउनुभयो ।

यो बर्ष केही दिन अगाडी मनसुन सुरु भएकोले रोपाइँ केही चाँडो भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button