तपाईँ सुन्दै हुनुहुन्छः

राप्रपाद्वारा स्वास्थ्य सामग्री प्रदान

मेलम्ची । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाबाट प्राप्त स्वास्थ्य सामग्री बुधबार मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदान गरिएको छ ।

राप्रपा केन्द्रीय सदस्य उदय सापकोट, पूर्व सांसद चलनबहादुर तामाङ, सिन्धुपाल्चोक जिल्ला अध्यक्ष गोपाल नरसिं श्रेष्ठ, २ नं क्षेत्रीय अध्यक्ष फणीन्द्र दाहाल, नगर अध्यक्ष किरणदिप खड्काले स्वास्थ्य सामग्री मेलम्ची नगर प्रमुख डम्बर अर्याल र स्वास्थ्य केन्द्र प्रमुख विनोद केसीलाई हस्तान्तरण गर्नुभएको हो ।

हस्तान्तरित स्वास्थ्य सामग्रीमा २६ थान पीपीई सेट, परीक्षण पञ्जा ५०० थान, बुट कभर ३०० थान, सर्जिकल मास्क १ हजार थान, गुगल्स ३० थान, केएन ९५ मास्क ४० थान, ह्यान्ड स्यानिटाइजर ३० बोतल र फेस सील्ड १२ थान रहेका छन् ।

अहिलेको विषम परिस्थितिमा सहयोग गर्नु सबैको दायित्व भएकाले जनस्वास्थ्यमा केही भए पनि टेवा पुगोस् भनेर सहयोग गरिएको राप्रपा केन्द्रीय सदस्य उदय सापकोटाले बताउनुभयो ।

मेलम्ची नगर प्रमुख डम्बर अर्यालले सबैको सहयोगले नै यस्ता विपत्तीबाट बच्न सयोग पुग्ने बताउँदै सहयोगीप्रति आभार व्यक्त गर्नुभयो । स्वास्थ्य केन्द्र प्रमुख विनोद केसीले प्राप्त सामग्रीको पूर्ण सदुपयोग गर्दै नागरिकको स्वास्थ्यप्रति जिम्मेवार भएर उच्च मनोबलका साथ जुट्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button