तपाईँ सुन्दै हुनुहुन्छः

११ जना थपिएसँगै झापामा संक्रमितको संख्या दुई सय १६ 

झापा । झापामा कोरोना संक्रमितको संख्या दुई सय १६ पुगेको छ । आज बुधबार मेचीनगर नरपालिकामा १० जना र शिवसताक्षी नगरपालिकामा १ जना गरी थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वाथ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौलााईले बताउनुभयो ।

यस्तै झापाको वारेन्टाईनमा अहिले ८ सय ५० जना रहेको पनि उहाँले जानकारी दिनुभयो । क्वारेन्टाईनमा रहेका अधिकाशं व्यक्तिहरु छिमेकी मुलुक भारतबाट आएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज संक्रमित हुनेहरुमा ५ वर्षीय बालकसहित ६५ वर्षीय बृद्धसम्म छन् । उनीहरु सबै क्वारेन्टाइनमा बसेका थिए ।

आज थप भएसँगै संक्रमितको संख्या कचनकवलमा १२८, गौरीगञ्जमा १७, बुद्धशान्तिमा ११, मेचीनगरमा २८, बाह्रदशीमा ७, भद्रपुरमा ६, हल्दिबारीमा ६, अर्जुनधारामा ५, कन्काईमा ४, गौरादहमा ४, दमकमा ३, झापा गापामा २, बिर्तामोडमा २, कमल गाउँपालिकामा १ र शिवसताक्षीमा २ जना पुगेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button