तपाईँ सुन्दै हुनुहुन्छः

तुलसीपुर उपमहानगरपालिकाको बजेट दुई अर्ब ३४ करोड


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले ‘खुसी जनताः समृद्ध तुलसीपुर, हाम्रो तुलसीपुरः राम्रो तुलसीपुर’ बनाउन स्वास्थ्य र कृषिलाई जोड दिएको छ ।

आर्थिक बर्ष २०७७/०७८ का लागि उपप्रमुख माया आचार्यले नगर सभामा प्रस्तुत गरेको २ अर्ब ३४ करोड ३७ लाख ६४ हजार बराबरको बजेटमा स्वास्थ्य र कृषिलाई प्रथामिकता दिइएको हो ।

यो बजेट चालु आर्थिक बर्षको भन्दा १ अरब २७ करोड १८ लाख ७८ हजार बढी हो । चालु आर्थिक बर्षमा १ अरब ७१ करोड, ८८ लाख ६ हजार बजेट विनियोजन गरिएको थियो ।

बजेटमा सर्ने र नसर्ने रोगसम्वन्धि कार्यक्रम सञ्चालन, स्मार्ट ल्याब सञ्चालन लगायत एकमुष्ट २ करोड, अश्वारामा रहेको भिमसेन नगर शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई २५ वेडको तुलसीपुर मेट्रो अस्पतालको रुपमा विकास गर्न र विशेषज्ञ सहितको सेवाको सुरुवात गर्नका लागि १ करोड, आमा तथा नवजात शिशुको सुरक्षाका लागि प्रदान गरिदै आएको मातृशिशु सुरक्षा कार्यक्रम अन्तर्गत सुत्केरी पोषण प्रोत्साहनलाई निरन्तरता दिदै ४० लाख, उज्यालो तुलसीपुर अन्र्तगत २ वर्ष भित्र मोतिविन्दुमुक्त तुलसीपुर घोषणा गर्न १० लाख विनियोजन गरिएको छ । तुलसीपुरलाई योग, ध्यान र प्राकृतिक चिकित्साको केन्द्रका रुपमा विकास गर्न २५ लाख , तुलसीपुर सामुदायिक योग भवनका लागि संघीय सरकारको विशेष अनुदानमा रु ३० लाख, टोलाई धुम्रपान तथा मध्यपानमुक्त टोल घोषणा कार्यक्रम सञ्चालनका लागि रु ३ लाख विनियोजन गरिएको छ ।

त्यसैगरी कृषि तर्फ पाँच हजार घर परिवारलाई प्रत्यक्ष लाभ पुर्याउने गरी कृषि तथा पशुपालनको क्षेत्रमा ३ करोड, संघ तथा प्रदेश सरकारको समन्वयमा वंगुर, बाख्रा र साना गाई फर्महरु प्रवद्र्धन कार्यक्रमका लागि ४६ लाख विनियोजन गरिएको छ ।

उन्नत वीउ उत्पादन र वितरण १० लाख , कौशी खेति कार्यक्रम लागि ५ लाख, पुष्प विकास कार्यक्रम, च्याउँ, माहुरी तथा माछा विकास कार्यक्रमका लागि १० लाख, बेमौसमी तरकारी खेतिका लागि, ५ लाख कृषिमा रोजगारी सृजना गर्ने कार्यक्रमा लागि २० लाख विनियोजन गरिएको छ ।

शिक्षा विकास तर्फ एक वडा एक नमुना विद्यालय सञ्चालन गर्न लगायत अन्य कार्यका लागि २ करोड, नमुना नगर पुस्तकालय स्थापनाका लागि रु १ करोड , जनता संस्कृत मावि विजौरीको भवन निर्माण कार्यका लागि संघीय सरकारको विशेष अनुदानमा १ करोड ७५ लाख र मावि दोघरेको नयाँ भवन निर्माणका लागि संघ र प्रदेश सरकारको समपुरक अनुदानबाट सम्पन्न गर्न २ करोड बजेट विनियोजन प्रस्ताव गरिएको छ । कोभिड १९ को प्रकोपलाई मध्यनजर गर्दै वैकल्पिक विधिबाट विद्यार्थीहरुको सिकाईलाई निरन्तरता दिनका लागि रु १० लाख, “टोल टोलमा सिकाई” कार्यक्रमका लागि ५ लाख, १० वटा बालबिकास केन्द्रको स्तरवृद्धिका लागि रु १० लाख विनियोजन गरिएको छ ।

यूवा तथा खेलकुद तर्फ मेयरकप प्रतियोगिता, राष्ट्रपति रनिङ्ग शिल्ड, वडा स्तरीय प्रतियोगिताहरु सञ्चालनका लागि २० लाख, एक वडा एक खेल मैदान कार्यक्रम अन्तर्गत २३ लाख, एक शैक्षिक संस्था एक सामुदायिक उद्यम कार्यक्रमका लागि ५ लाख र राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय प्रतियोगितामा पुरस्कृत हुने खेलाडीलाई सम्मान गर्न २ लाख विनियोजन गरिएको छ ।

त्यसैगरी बजेटले सहकारी प्रवद्र्धन, रोजगार प्रवद्र्धन, गरिबी निवारण र श्रम बंैक सञ्चालन, उद्योग तथा व्यवसाय प्रवद्र्धन, सिचाँई तथा खानेपानी, पर्यटन तथा संस्कृति प्रबद्र्धन, वन वातावरण लगाएतका क्षेत्रलाई पनि महत्व दिएको छ ।

नगरसभामा नगर प्रमुख घनश्याम पाण्डेले चुनावी प्रतिवद्धताहरुको नजिक पुगेको बताउदै उपमहानगरको विकास, समुन्नति र समृद्ध नै मुख्य आधार बनाएर अघि बढेको बताउनु भयो ।

कोरोनाको संक्रमितहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै नगर प्रमुख पाण्डेले कारोना विरुद्धको लडाई साझा भएकाले सबै एकजुट भएर अघि बढ्नु पर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button