तपाईँ सुन्दै हुनुहुन्छः

फिफाद्वारा यू–१७ महिला विश्वकपको नयाँ तालिका सार्जवनिक

भारतमा हुने फिफा यू–१७ महिला विश्वकप अर्को वर्षको फेब्रुवरी १७ बाट मार्च सात तारिखमा हुने भएको छ । यसका लागि फिफाले नयाँ तालिका पनि सार्वजनिक गरेको छ ।

कोरोनाका कारण यो वर्ष हुने भनिएको प्रतियोगिता २०२१ का लागि सारिएको हो । जसमा १६ टिमको सहभागिता रहनेछ भने कुल ३२ खेल खेलाइने भएको छ । आयोजकका नाताले भारतले सोझै विश्वकपमा स्थान बनाउनेछ ।

यो विश्वकपलाई भारतले विभिन्न पाँच शहरमा गर्ने भएको छ । जसमा कोलकाता, गुवाहाटी, भुवनेश्वर, अहमदावाद र मुम्बई रहेका छन । पहिलो खेल १७ फेब्रेवरीमा गुवाहाटीमा हुनेछ । २०२२ मा पनि भारतले महिला एशिया कपको आयोजना गर्ने पक्का भएको छ । कतार विश्वकप भन्दा अगाडी महिला एशिया कप गर्ने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button