तपाईँ सुन्दै हुनुहुन्छः

घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा पाल्पाको रैनादेवी छहरा गाउँपालिका–७ का वडाध्यक्ष देवेन्द्र पुनविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

निजले काठ लिलाम तथा निकासी गर्ने कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रु तीन लाख घुस लिएको आयोगले आरोप लगाएको छ । आयोगको कार्यालय बुटवलबाट खटिइएको टोलीले वडाध्यक्ष पुनलाई घुस रकमसहित नियन्त्रणमा लिएको थियो ।

निजले आफ्नो वडाभित्र काठको काम गर्दा प्रतिक्युफिट रु ३० का दरले घुस दिनुपर्छ भनी सेवाग्राहीसँग उक्त रकम असुलेको पाइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button