२०७८ साल वैशाख २७ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पाका थप ९३ जनामा कोरोना सङ्क्रमण पुष्टि

रेडियो नेपाल २०७७ असार ११ गते ११:५१


चितवन।भरतपुरस्थित काेभिड-१९ प्रयाेगशालामा गरिएको परीक्षणमा पाल्पा जिल्लबाट ल्याइएका ९३ जनाकाे स्वाबमा काेराेना सङ्क्रमण देखिएको छ । भरतपुर अस्पतालले बिहीबार बिहान दिएको जानकारी अनुसार पाल्पाका २३४ नमूनामध्ये बुधबार गरिएको परीक्षणमा ठूलाे सङ्ख्यामा पाेजिटिभ देखिएको हाे । उनीहरू पाल्पाका विभिन्न ठाउँका रहेकाे अस्पतालले जनाएको छ ।

यसबाहेक भरतपुरका विभिन्न अस्पतालबाट सङ्कलित अन्य ६३ जनाकाे स्वाबकाे नतिजा भने नेगेटिभ आएको छ । भरतपुर प्रयाेगशालामा हिजाे २९७ जनाकाे परीक्षण गरिएको थियाे ।

सम्बन्धित

महामारीमा पनि घटेन लैङ्गिक हिंसा   

५ घन्टा अगाडि कालिका खड्का

कोहलपुर आईपुग्यो ‘अक्सिजन लिक्विड’

५ घन्टा अगाडि गुरमुरत यादव