तपाईँ सुन्दै हुनुहुन्छः

स्कारपियोको ठक्करबाट आमाछोराको मृत्यु


राजविराज । सप्तरीको खड्ग नगरपालिका–७ मा बुधबार बेलुकी गाडीको ठक्करबाट आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा ६५ वर्षीया सुदनीदेवी दास र ३७ वर्षीय वीरेन्द्र दास रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

स १ झ ४८७ नम्बरको स्कारपियोले गए राती ठक्कर दिँदा उनीहरूको घटास्थलमै मृत्यु भएको थियो । ठक्कर दिने गाडी कञ्चनरुप नगरपालिकाको हो । लहानबाट कञ्चनरुपतर्फ आउने क्रममा जिपले ठक्कर दिएको हो ।

प्रहरी प्रवक्ता तिलक भारतीका अनुसार मृत्यु भएकाको शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको र ठक्कर दिने स्र्कोपियो र त्यसका चालकलाई नियन्त्रणमा लिइएको छ ।

चालकको राति नै स्वास्थ्य परीक्षण गरिए पनि मदिरा पिए नपिएको रिपोर्ट आइनसकेको उहाँले बताउनुभयो बुधबार कञ्चनरुप नगरपालिकाको नगरसभा थियो । नगरसभापछि लेखा अधिकृत राज चालकसहित गाडी लिएर लहान गएका थिए । फर्किने क्रममा उक्त दुर्घटना भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button