तपाईँ सुन्दै हुनुहुन्छः

मेक्सिकोमा भूकम्पबाट मृत्यु हुनेको संख्या सात पुग्यो

मध्य अमेरिकी राष्ट्र मेक्सिकोमा मंगलबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या सात पुगेको बताइएको छ । मेक्सिकोको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर मंगलबार ७.५ म्याग्नीच्यूडको भूकम्प गएको थियो ।

उक्त शक्तिशाली भूकम्पबाट जनधनको ठूलो क्षति भएको प्रारम्भिक रुपमा खुलेको बताइएको छ । बुधबार मेक्सिको सरकारले सो भूकम्पबाट कम्तीमा पनि सात जनाको निधन भएको बताइएको छ ।
बुधबार दिइएको प्रारम्भिक विवरणअनुसार भूकम्पका कारण सात जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । साथै यहाँका अधिकारीहरुले सो भूकम्पबाट कम्तीमा पनि दुई हजार घरहरु भत्किएको जनाएका छन् ।

भूकम्पबाट जोगिन यहाँका कैयौं मानिस घरबाहिर भागेका र यसका कारण ठूलो संख्याका नागरिक घाइते भएका स्थानीय अधिकारीहरुले बताएका छन् । मेक्सिकोको राजधानी मेक्सिको सिटीभन्दा करिब ७०० किलोमिटर टाढाको ओक्जाका शहरमा सो भूकम्पले बढी क्षति पु¥याएको बताइएको छ । भूकम्पको झड्का निकै शक्तिशाली रहेकोले सो झड्कापछि घरहरु भत्किएर थिचेको र यसबाट मानिसको ज्यान गएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button