तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा कोरोनाबाट मृत्यु भएका पुरुषको शव ब्यबस्थापन गर्न अबरोध , ८ राउण्ड हवाई फायर

पोखरा । पोखरामा मृत्यु भएका स्याङ्जाका ५५ वर्षे कोरोना संक्रमित पुरुषको शव स्थानीयको विरोधका बीच पोखरा–३२ मा व्यवस्थापन गरिएको छ ।

डोजरले खाडल खन्न लागेको मेसो पाएपछि स्थानीयले विरोध गरेका थिए । प्रहरी र स्थानीय युवाबीच झडप पनि भएको बताइएको छ । पहिलो मृतकको शव व्यवस्थापन गर्दा पनि पोखरामा प्रहरी र स्थानीय बीच झडप भएको थियो ।

स्थानीय युवा तोडफोड र ढुंगामुढा गर्न उत्रिएपछि प्रहरीले हवाइ फायर गरेका थियो । ८ राउण्ड हवाई फायर भएको कास्की प्रहरीका प्रवक्त डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।

उपचारका लागि गत ८ असारमा पोखरा आएका स्याङ्जाको आँधीखोला गाउँपालिका सिरुवारीका पुरुषको बुधबार मध्यराती मृत्यु भएको हो । डाइबेटिज र निमोनियाबाट ग्रस्त ती पुरुषलाई श्वासप्रश्वासमा समस्या भएपछि पोखरा ल्याएर भेन्टिलेटरमा राखिएको थियो ।

यो सहित गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ पुगेको छ । यसअघि स्याङ्जा वालिङ ३ का ५८ वर्षका पुरुषको २५ जेठमा क्षेत्रीय अस्पतालको आइसोलेसनमा मृत्यु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button