तपाईँ सुन्दै हुनुहुन्छः

उदयपुरमा चट्याङले लागेर एक जनाको मृत्यु, एक घाइते

फाइल तस्बिर

उदयपुर । उदयपुरमा चट्याङले लागेर बिहीबार एक जनाको ज्यान गएको छ भने थप एक जना घाइते भएका छन् ।

बिहान ८ः३० बजे बर्षात परेसँगै चट्याङले लागेर त्रियुगा नगरपालिका १३ असारीका ४५ कानुन चौधरीको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी गोविन्द पुरीका अनुसार चट्याङले लागेर सोही वडाको भातिखर्ककी ३१ अनिता खड्का घाइते भएकी छिन् ।

उनको खुट्टाको केही भाग जलेको छ । सामान्य अवस्थामा रहेकी खड्काको जिल्ला अस्पतालमा उपचार भइरहेको डिएसपी पुरीले बताउनुभयो ।

दुवै जना खेतमा काम गर्दै गरेको अवस्थामा चट्याङले हानेको प्रहरीले जनाएको छ । चट्याङले हानेर घाइते भएका चौधरीलाई जिल्ला अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत्यु घोषणा गरेको डिएसपी पुरीले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button