तपाईँ सुन्दै हुनुहुन्छः

त्रियुगा नगर गीत सार्वजनिक

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाले बुधवारबाट नगर गीत पाएको छ । उदयपुरको आठ वटा स्थानीय तह मध्ये त्रियुगा नगरपालिकाले पहिलो पटक नगर गीत सार्वजनिक गरेको हो ।

नगर क्षेत्रको भूगोल, जनजीवन, जातजाति, धर्म–संस्कार, संस्कृतिलाई चित्रण गर्दै नगर गीत तयार गरेको हो ।

रचनाकार त्रियुगा नगरका खिला नाथ घिमिरे रहेका छन् । कृषि, उद्यम, प्रकृति र सभ्यतालाई आकलन गरी रचिएको छ ।

नगर गीतले नगरको अवस्थालाई जीवन्त बनाएको छ । रचनाकारलाई बुधवार नगर परिषद्को अवसर पारेर मेयर चौधरीले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button