तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देहीको बेलहिया भन्सारबाट डेढ अर्व मूल्य बराबरको तरकारी र फलफूल आयात

रुपन्देही । रुपन्देहीको बेलहिया भन्सारबाट लकडाउनको अवधिमा डेढ अर्व मूल्य बराबरको तरकारी र फलफूल आयात भएको छ ।

चैत ९ गतेदेखि जेठ ३२ गतेसम्म सो भन्सारबाट एक अर्व ४८ करोड ७० हजार ७२ हजारको तरकारी तथा फलफूल भारतबाट आयात भएको हो ।

फलफूल र तरकारी आयातबापत सरकारको राजश्व खातामा १६ करोड ६९ लाख १५ हजार रुपैयाँ दाखिला भएको भन्सार कार्यालयले जनाएको छ ।

यो अवधिमा सुख्खा प्याज मात्र ५१ करोड ७९ लाख ४५ हजार मूल्यको आयातित भएको थियो ।

त्यस्तै आलु २७ करोड ८२ लाख ५७ हजार मूल्यको आयात भएको छ । ११ हजार ९३ मेट्रिक टन आलु आयात हुँदा राजश्व भने दुई लाख ९७ हजार ४१ हजार सङ्कलन भएको छ ।

त्यसपछि भारतबाट लकडाउनको अवधिमा केराको आयात तेस्रो बढीको सूचिमा रहेको छ । बेलहिया भन्सार कार्यालयका सूचना अधिकारी पूर्ण लम्सालले जानकारी दिनुभयो ।

आलु, प्याज, केरापछि भन्सारबाट सबैभन्दा बढी आयात कागती भएको छ । नौ करोड ८४ लाख ५४ हजार मूल्यको १२ सय ३७ मेट्रिक टन कागती आयात भएको लम्सालले जानकारी दिनुभयो ।

त्यस्तै तरबुजा सात करोड ७५ लाख ७८ हजार मूल्यको २९ सय २१ मेट्रिक टन, मेवा पाँच करोड ८८ लाख सात हजार मूल्यको १६ सय ७८ मेट्रिक टन आयात हुँदा ६३ लाख ४२ हजार राजश्व जम्मा भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button