तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश २ मा एकै दिन ६८ संक्रमित थपिए, नारायणीको पिसिआर परिक्षण ल्याब ४ दिन देखि बन्द

बीरगंज । प्रदेश नम्बर २ का बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लामा गरी आज ६८ जना थप कोरोना संक्रमित फेला परेका छन् ।

केन्द्रिय प्रयोगशाला काठमाडौँ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र गजेन्द्र नारायण सिंह सरगरमाथा अस्पताल सप्तरीमा गरिएको पिसिआर परिक्षणको क्रममा आज प्रदेश नम्बर २ का ७ जिल्लामा ६८ जना कोरोना संक्रमित फेला परेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताउनुभयो ।

परिक्षणको क्रममा बारामा १, रौतहटमा ३८, सर्लाहीमा ५, सिरहामा २, धनुषामा ९, महोत्तरीमा ५ र सप्तरीमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले बताउनुभयो ।

प्रदेश २ मा ६८ जना संक्रमित थपिए सँगै यस प्रदेशमा संक्रमितको संख्या ३ हजार २ सय ६८ पुगेको छ । यता वीरगंजको नारायणी अस्पतालको प्रयोगशालामा हुदै आएको पिसिआर परिक्षण ४ दिन देखि बन्द हुँदा बीरगंज तथा वारा, पर्सा, रौतहट, सर्लाहीका सर्वसाधारण प्रभावित भएका छन् ।

स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाबाट प्राप्त १ हजार थान सेन सुल वायोटेक कम्पनिको पिसिआर किटबाट परिक्षणको नतिजा भरपर्दो र सहि नआएपछि सोमबार देखि परिक्षण स्थगित गरिएको र पिसिआर किटको अभावमा परिक्षण बन्द भएको मेडिकल सुपरिटेन्डेन्ट डा. उपाध्याध्यले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button