तपाईँ सुन्दै हुनुहुन्छः

४२ जना पत्रकारहरुको कोरोना परिक्षणका लागि स्वाब संकलन


भैरहवा । रुपन्देही जिल्लाको भैरहवामा क्रियाशिल ४२ जना सञ्चारकर्मीहरुको कोरोना परिक्षणका लागि स्वाब संकलन गरिएको छ ।

लुम्बिनी प्रेस क्लवको आयोजनामा र प्रदेश प्रयोगशाला, भिम अस्पताल भैरहवा, रोटरी क्लव अफ लुम्बिनी, जेसीआइ सिद्धार्थ लेडि जेसिजको सहयोगमा स्वाब संकलन भएको लुम्बिनी प्रेस क्लवका अध्यक्ष दिपेश पछाइले बताउनुभयो ।

लुम्बिनी प्रेस क्लवमा आबद्ध सञ्चारकर्मीहरु र अन्य पत्रकारहरुको रुपन्देही जिल्लाको भिम अस्पतालमा पिसीआर बिधिबाट कोरोना परिक्षण गर्नका लागि स्वाब संकलन गरिएको भिम अस्पतालका सुचना अधिकारी गोपाल उपाध्यायले बताए ।

जन स्वास्थ्य प्रयोगशाला प्रदेश नम्बर ५ मा पठाइएको ४२ जना पत्रकारहरुको स्वाब संकलनको रिर्पोट ४ दिनमा आउने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button