२०७८ साल वैशाख २५ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा एकैदिन ८४ जनाले जिते कोरोना

दिपक शर्मा २०७७ असार ११ गते १८:२१

सल्यान । सल्यानमा एकै दिन ४ जना महिला सहित ८४ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । सल्यान बहुमुखी क्याम्पसको आइसोलेसनमा रहेका ८४ को उपचार पश्चात डिस्चार्ज गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

१५ देखि २० दिनसम्म आइसोलेसनमा राखेर उपचार गरेपछि शुक्रबार कोरोनामुक्त भएका चार महिला सहित ८४ जनालाई घर पठाइएको स्वास्थ्य कार्यालयका कोरोना फोकल प्रसन रिखाराम पुनले बताए ।

उपचार पछि निको हुनेहरुमा बन्गाड कुपिण्डे नगरपालिकाका १ महिला सहित ५८ जना, बागचौर नगरपालिकाका १ जना महिला सहित ९ जना, त्रिबेणी गाउपालिकाका ५ जना रहेका छन् ।

यस्तै सिद्ध कुमाख गाउपालिकाका १ जना महिला सहित ३ जना, कुमाख गाउपालिकाका ३ जना, दार्मा गाउपालिकाका ३ जना, कालीमाटी गाउपालिकाका १ जना महिला सहित २ जना र कपुरकोट गाउपालिकाका १ जना रहेको पुनको भनाई छ ।

पछिल्लो पटकको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको पुनले जानकारी दिए । यससँगै सल्यानमा कोरोनालाई जितेर घर फर्किनेको संख्या १ सय ५० पुगेको छ । लुहापिङ आइसोलेसनबाट १ सय २० जना, सल्यान अस्पतालबाट ८ जना, प्रदेश अस्पताल सुर्खेतबाट १३ जना र चौरजहारी मिसन अस्पतालबाट ९ जना गरी १ सय ५० जना घर फर्किएका हुन् ।

जिल्लामा भेटिएका १ सय ७३ कोरोना संक्रमित मध्ये स्वास्थ्यकर्मी सहित २३ जना आइसोलेसनमा रहेका छन् । जसमा लुहापिङ आइसोलेसनमा १२ जना, सल्यान अस्पतालमा ५ जना, बन्गाड आइसोलेसनमा ४ जना र चौरजहारी आइसोलेसनमा २ जना रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको कार्यालयको भनाई छ ।

सम्बन्धित