२०७८ साल जेठ ५ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

आगामी आर्थिक वर्षमा ६ वटा खेलकुद प्रतियोगिता गराउने लक्ष्य

अजय बम २०७७ असार ११ गते १८:३५

काठमाडौं । सरकारले केन्द्रीय स्तरमा आगामी आर्थिक वर्ष २०७७/०७८ मा महिला र पुरुषका गरि ६ वटा प्रतियोगिता गराउने लक्ष्य लिएको छ । त्यसका लागि बजेट पनि विनियोजन गरेको छ ।

रातो कितावमा प्रकाशित भएका कार्यक्रम अनुसार आउँदो आर्थिक वर्षमा प्रधानमन्त्री कप महिला र पुरुष, राष्ट्रपति कप अन्तर्राष्ट्रिय आमन्त्रण कपका साथै राष्ट्रिय क्रिकेट लिग धनगढी, यु १९ क्रिकेट राष्ट्रिय प्रतियोगिता र मनमोहन स्मृति क्रिकेट प्रतियोगिता आयोजना गरिने छ । प्रधानमन्त्री कप पुरुष प्रतियोगिताका लागि सरकारले ४० लाख रुपैयाँ विनियोजन गरेको छ । पुरुष प्रतियोगिता गत वर्ष काठमाडौंमै भएको थियो ।

यसैगरी प्रधानमन्त्री कप महिला प्रतियोगिता गत वर्ष धनगढीमा आयोजना गरिएको थियो । यस वर्ष पनि प्रतियोगितालाई २५ लाख विनियोजन गरेको छ । यसैगरी राष्ट्रपति कप अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगिताका लागि ५ लाख विनियोजन गरिएको छ ।

उता धनगढीमा राष्ट्रिय क्रिकेट लिग प्रतियोगिता सञ्चालनका लागि केन्द्र सरकारले १ लाख रुपैयाँ अनुदान दिने पनि रातो कितावमा उल्लेख छ । इटहरीमा हुने यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि ५ लाख अनुदान दिने उल्लेख गरेको सरकारले मनमोहन स्मिृति क्रिकेट प्रतियोगिताका लागि पनि ५ लाख नै छुट्याएको छ ।

यसरी क्रिकेटको विदेशी प्रशिक्षकका लागि परिषद्ले पाँच लाख रुपैयाँ उपलब्ध गराउने सक्ने भएको छ । विदेशी प्रशिक्षकका लागि पाँच लाख रुपैयाँ रातो कितावमा रकम विनियोजन गरेको छ ।

सरकारले हाईअल्टिट्युट ट्रेनिङ सेन्टर खोल्नका लागी मनाङ, जुम्ला र घान्द्रुकका लागि बजेट विनियोजन गरिएको छ ।

साथै नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीको प्रशिक्षण यसै महिनादेखि थाल्ने तयारी गरेको छ ।

असार तेस्रो वा चौथो साता देखि प्रशिक्षण गर्ने तयारीमा रहेको क्यानले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई प्रशिक्षण सुरु गर्न अनुमति दिन पत्र पठाएको छ । क्यानले राखेपबाट अनुमति प्राप्तसँगै प्रशिक्षण थाल्ने छ ।

सम्बन्धित

जुम्लामा संस्थागत आइसोलेसन बनाउन जोड 

५ घन्टा अगाडि सागर परियार

हुम्ला र नुवाकोटमा १५ दिन निषेधाज्ञा थप

५ घन्टा अगाडि रेडियो नेपाल