तपाईँ सुन्दै हुनुहुन्छः

आइसोलेसनमा कार्यरत नर्समा कोरोना पोजेटिभ

भैरहवा । युनिभर्सल कलेज अफ मेडिकल लाइसेन्स (युसिएमएस)मा आइसोलेसनमा कार्यरत नर्सलाई कोरोना पोजेटिभ देखिएको छ ।

कलेजको आइसोलेसनमा उपचारार्थ गुल्मी जिल्लाका एक जना बिरामीर्को कोरोना पोजेटिभ रिर्पोट आएपछि नर्समा सङ्क्रमण भई कोरोना पोजेटिभ देखिएको युसिएमएसका जनसम्पर्क अधिकारी सुशील गुरुङले बताउनुभयो ।

कोरोना सङ्क्रमित गुल्मीका पुरुषको उपचार गर्ने सबै स्टाफको स्वाब चेक गर्दा एक जना नर्सलाई कोरोना देखिएको नर्सको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button