तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा पहिरोमा पुरिएर एक जनाको मृत्यु

सल्यान । सल्यानमा पहिरोमा पुरिएको अवस्थामा एक जनाको शव फेला परेको छ ।

जिल्लाको कालीमाटी गाउँपालिका–६ का अन्दाजी ७० वर्षीय वृद्ध डिल्लीबहादुर आलेको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

कम्मरदेखि माथिको भाग पुरिएको अवस्थामा डाङडुङे खोलाको पहिरोमा बिहीबार शव फेला परेको प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए ।

गत असार ९ गते घाँस ल्याउन जङ्गल हिँडेका घर नर्फिएका उनको खोजी कार्य भइरहेको थियो ।

घटनाको थप अनुसन्धान भई रहेको खतिवडाको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button