तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश २ मा ७८ जना कोरोना संक्रमित थपिए

वीरगञ्ज । प्रदेश नम्बर २ का बारा, रौतहट, महोत्तरी, धनुषा र सिरहा जिल्लामा गरी आज ७८ जना थप कोरोना संक्रमित फेला परेका छन् ।

वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशाला सहित केन्द्रिय प्रयोगशाला काठमाण्डौ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र किटजन्य रोग नियन्त्रण प्रयोगशाला प्रदेश नम्बर ३ हेटौडामा गरिएको पिसिआर परिक्षणको क्रममा आज प्रदेश नम्बर २ का ५ जिल्लामा ७८ जना कोरोना संक्रमित फेला परेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताउनु भयो ।

वीरगञ्ज स्थित नारायणी अस्पतालको प्रयोगशालामा १ सय ७३ वटा स्वाब परिक्षण गरिएको परिक्षण गरिएकोमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको मेडिकल सुपरिटेन्डेन्ट डा.उपाध्यायले बताउनु भयो ।

त्यसैगरी परिक्षणको क्रममा बारामा २, रौतहटमा ६३, धनुषामा ३, महोत्तरीमा ४ र सिरहामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले बताउनुभयो ।

वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशाला पिसिआर किटको अभावमा ४ दिन देखि बन्द हुदै आएको परिक्षण विहिवार देखि सुचारु भएको र सुचारु भएसँगै बारा, पर्सा, रौतहट, धनुषा र महोत्तरीका १ सय ७३ जनाको स्वाब परिक्षण गरिएको मेडिकल सुपरिटेन्डेन्ट डा.उपाध्यायले बताउनु भयो ।

प्रदेश २ मा आज ७८ जना संक्रमित थपिसँगै यस प्रदेशमा संक्रमितको संख्या ३ हजार ३ सय ४६ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button