तपाईँ सुन्दै हुनुहुन्छः

श्रोत नखुलेको ३ लाख ५५ हजार नगद सहित २ पक्राउ

वीरगञ्ज । सशस्त्र प्रहरी बेश क्याम्प भिष्वा पर्साबाट खटिएको गस्ती टोलीले पर्साको बुडगाई नाकाबाट नेपाल आउने क्रममा श्रोत नखुलेको ३ लाख ५५ हजार नगद सहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा छिपहरमाई गाउँपालिका वडा नम्बर २ चेरगाहा निवासी ३३ वर्षीय धनन्जय यादव, १९ वर्षीय रन्जन वैठा रहेको सशस्त्र प्रहरी भिष्वा वेश क्याम्पका प्रहरी निरिक्षक हरि पराजुलीले बताउनु भयो ।

वि.आर.२२ जि. ३८२५ नम्बरको भारतीय मोटर साईकलमा सवार यादव र बैठालाई चेकजाँचको क्रममा श्रोत नखुलेको ५ लाख ५५ हजार नगद भेटिएको र उनिहरुलाई थप कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

वीरगञ्ज नाकामा कडाई गरिएपछि विगत केहि समय यता देखि अवैध रुपमा हुण्डीका कारोवारीहरुले वारा, पर्सा, रौतहटको ग्रामिण नाकाबाट हुण्डीको रकम ल्याउने लैजाने थालेपछि सशस्त्र प्रहरीले चेकजाँचमा तिव्रता दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button