तपाईँ सुन्दै हुनुहुन्छः

चार सिमेन्ट उद्योगसहित ६ कम्पनी कारवाहीमा

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले तोकिएको गुणस्तर पुरा नगरेको भन्दै चार सिमेन्ट उद्योग सहित ६ कम्पनीलाई कारवाही गरेको छ ।

विभागले उद्योगको आकस्मिक निरीक्षण पछि संकलन गरेको नमूना परीक्षण गर्दा ६ कम्पनीहरु कारवाहीमा परेका हुन् ।

मापदण्ड पुरा नगर्ने उद्योगमा चार सिमेन्ट उद्योगसहित स्टिल मिल र ग्याँस उद्योग समेत रहेको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ ।

विभागले अग्नि सिमेन्ट र सवोत्तम सिमेन्टलाई नेपाल गुणस्तर (प्रमाणपत्र चिन्ह) नियमावली २०४० को नियम (१६) अनुसार स्पष्टीकरण माग गरेको छ भने रिलयान्स सुपरटेक सिमेन्ट र इन्टरनेशनल सिमेन्टको इजाजत पत्र समेत रद्ध गरेको छ ।

त्यस्तै एभरेष्ट ग्याँसको प्रमाणपत्र स्थगन गरिएको छ भने कमल रोलिङ मिल्सलाई स्पष्टिकरण माग गरेको विभागका उपमहानिर्देशक दिननाथ मिश्रले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button