२०७८ साल वैशाख २४ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश २ मा संक्रमितको संख्या ३ हजार २ सय ९० 

अजय कुमार झा २०७७ असार १२ गते १८:१७

जनकपुरधाम । पछिल्लो २४ घण्टा भित्रमा प्रदेश नंं २ को विभिन्न जिल्लाहरुमा ७४ जना नयाँ व्यक्तिमा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

प्रदेश नंं २ का सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार प्रादेशिक प्रयोगशाला जनकपर, नारायणी उपक्षेत्रिय अस्पताल, कोशी अञ्चल अस्पताल तथा होटौडा स्थित प्रयोगशालामा गरिएको परीक्षणबाट सो संख्यामा नयाँ संक्रमित थप भएको जनाएको छ ।

थप हुनेमा ३ जना महिला तथा ७१ जना पुरुष रहेका छन् । संक्रमित हुनेहरुमा दुई जना ६ वर्षका बालकहरु देखि ६० वर्षका बृद्धसम्म रहेको मन्त्रालयका उप सचिव एवं बरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिनु भयो ।

पछिल्लो पटक संक्रमित हुनेमा धनुषामा १५ जना, महोत्तरीमा २ जना, सिरहामा ६ जना, सप्तरीमा ८ जना, सर्लाहीमा २ जना, रौतहटमा ४० जना तथा बारामा १ जना रहेको मन्त्रालयले सूचनामा उल्लेख रहेको छ ।

पछिल्लो पटक संक्रमित हुने संगै प्रदेश नंं २ मा कोरोना संक्रमितहरुको संख्या ३ हजार २ सय ९० पुगेको छ । जसमा महिलाको संख्या १ सय ९८ जना तथा पुरुषको संख्या ३ हजार ९२ रहेको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिनु भयो ।

प्रदेश २ मा पि सि आर परीक्षणमा तीव्रता दिईएको छ । अहिलेसम्म ४१ हजार ५ सय २४ जनाको स्वाव संकलन भएको छ । आज मात्र धनुषामा ६२, सप्तरीमा ९४, महोत्तरीमा २५ तथा पर्सामा ५१ जनाको स्वाव संकलन गर्ने काम भएको थियो ।

आज मात्र १ सय २४ जना कोरोना संक्रमण मुक्त भएका छन् । हालसम्म प्रदेशमा कोरोना मुक्त हुनेहरुको संख्या १ हजार ३ सय ९१ रहेका छन् ।

यता हाल प्रदेश नंं २ को विभिन्न क्वारेन्टाईनमा ६ हजार ५ सय ५५ जना रहेका छन् भने होम क्वारेनटाईनमा १८ हजार ३९ जना र आईसोलेशनमा ८ सय ४ जना रहेका छन् ।

सम्बन्धित

मुख्यमन्त्री भट्टलाई मातृशोक

७ घन्टा अगाडि रेडियो नेपाल